Skip to content
Prabhu

उद्योगीले मागेको टिओडी मिटरको तथ्यांक कुलमानले लेखा समितिलाई बुझाए

काठमाडौं । विद्युत् प्राधिकरणले उद्योगीले लोडसेडिङको बेला प्रयोग गरेको टिओडी मिटरको तथ्यांक लेखा समितिमा बुझाएको छ ।

लेखा समितिले बिहीबारसम्मको समय दिएर प्रधिकरणलाई टिओडी मिटरको तथ्यांक पेश गर्न निर्देशन दिएको थियो ।

लेखा समितिका सभापति ऋषीकेष पोखरेलले कुलमानलाई हटाउने गरेर निर्णय गर्न लागेको भन्दै आलोचित समेत भएका छन् ।

प्राधिकरणले बिहीबार टिओडी मिटर,६१ वटा उद्योगको लेजर,लगसिट २२ पोका सहित अदालतको आदेश सहित लेखा समितिमा बुझाएको हो । उद्योगी र प्राधिकरणबीच करिब १ दशकदेखि बक्यौत विवाद चर्र्किएको छ ।

प्राधिकरणले विवरण बुझाएको दिन नै ४ वटा उद्योगले बक्यौता महशुल बुझाएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal