काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी तारा भण्डारीको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापकहरूले सो सेयर नकिनेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले बताएको छ ।
सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित काठमाडौंको सीतापाइलास्थित कम्पनीको कर्पाेरेट कार्यालयमा आफूल किन्न चाहेको सेयर र सोको मूल्यसमेत खुलाई आवेदन दिनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्