Skip to content
Prabhu

भगवती हाइड्रोपावरको सेयर मूल्य समायोजन

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भगवती हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते बुकक्लोज गर्दै छ । आज इन्द्रजात्राको अवसरमा उपत्यका बिदा परेका कारण सेयर कारोबार नहुने भएकोले हिजो अर्थात सोमबार, कम्पनीको बुकक्लोज अघिको अन्तिम कारोबार दिन रहको छ ।

यसअनुसार सोमबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । नेप्सेले कम्पनीको ४ प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य ९१८ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन कम्पनीको प्रतिकित्ता ९५५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजत मूल्यलाई आधार मानेर भोलि बुधबार, कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीले असोज १६ गते, बुधबार, अर्पण ब्यान्क्वेट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौँमा २४ औँ वार्षिक साधारणसभा डाकेको छ । सो सभा बिहान ११ बजे सुुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको जारी पुँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal