Skip to content
Prabhu

साउन महिनामा ऋण असुलीसम्बन्धी ५६ मुद्दा दर्ता, १५ करोडभन्दा बढी रकम असुली हुन बाँकी

nabil

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा ऋण असुलीसम्बन्धी ५६ वटा मुद्दा दर्ता भएका छन् । ऋण असुली न्यायाधिकरणका अनुसार साउन महिनामा मात्रै ५६ वटा मुद्दा दर्ता भएका हुन् ।

यी बैंक तथा वित्तीय संस्थाहरुले विवाद मिलाइदिनु भनेर दर्ता गरेको मुद्दाहरु हुन । न्यायाधिकरणले साउन महिनामा जम्मा २१ मुद्दाहरुको निर्णय गरेको छ । त्यस्तै २ वटा मुद्दाको मिलापत्र भएको छ । गत वर्षबाट जिम्मेवारी सररे आएका तथा यो वर्षको पहिलो महिनामा दर्ता भएका गरी न्यायाधिकरणमा अझै पनि ४ सय ८४ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको छ ।

तथ्यांक अनुसार साउन महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु २८ वटा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा कुल असुली गर्ने बाँकी रकम १५ करोड ५९ लाख ६९ हजार ३०८ रुपैयाँ न्यायाधिकरणको मासिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ३५ अर्ब २८ करोड ८४ लाख ८६ हजार १ सय ७५ रुपैयाँ रकम असुली भएको थियो भने हालसम्म कुल ३५ अर्ब ४४ करोड ४४ लाख ५५ हजार ४७४ रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षबाट चालु वर्ष ४५१ वटा मुद्दाको दायित्व सरेर आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal