काठमाडौं । दुर्गा प्रसाईं पक्राउको विरोधमा उत्रिएका उनका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको हो ।
ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो । एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन । प्रसाईले चरित्र हत्या हुने गरी बोलेका विषयहरु ती युट्युबरका च्यानलमा प्रशारण भएको दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्