काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब सरकारलाई विश्वास गर्न नसकिने बताएका छन् ।
आज आफूलाई पक्राउ पर्ने खबर सञ्चारमाध्यमबाट पाएपछि पार्टी कार्यकर्र्तालाई केन्द्रीय कार्यालयमा जम्मा गरेर उनले आफू र आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको उल्लेख गर्दै सरकारप्रति भने विश्वास नभएको बताए ।
उनले आफू रवि लामिछानेलाई बचाउन जरुरी भएको उल्लेख गर्दै पार्टी बचाउन मुख्य चुनौती रहेको बताए । उनले पार्टी जोगाउन कार्यकर्तालाई अनुरोध समेत गरे ।
उनले भने, “निर्धक्क हुने अवस्था छैन, प्रहरीले पक्राउ पुर्जी जारी भएको छैन भनेको छ, तर विश्वास गर्ने आधार छैन, म अनुसन्धानका लागि तयार छु, मलाई पक्राउ गरेर लैजान सक्नुहुन्छ ।”
उनले सरकार अधिनायकवादतर्फ जान खोजेको देखिएको बताए । उनले आफूमाथि सरकारले मिडिया ट्रायल गरेको समेत आरोप लगाए ।
उनले सरकारलाई षडयन्त्र गरेर समाउन नपाउने भन्दै राजनीति जोगाउन चुनावमा लड्न चुनौती समेत दिए । उनले जनताको प्रतिनिधिलाई यो हदसम्मको षडयन्त्र सहन नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्