काठमाडौं । आइतबार सेयर बजार राताम्य भएर बन्द भयो । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन नेप्से ५९ अंकले घटेर बन्द भयो ।
आजको कारोबार बन्द हुँदा ४ वटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप र इस्र्टन हाइड्रोपावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । आज यी चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । आज गुडविल फाइनान्सको सेयर मूल्य ८७ रुपैयाँले घटेर ७८३ रुपैयाँमा कारोबार बन्द भएको छ ।
त्यस्तै आज समृद्धि फाइनान्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५९ रुपैयाँले घटेर ५३१ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै एनआईसी एशिया फ्लेक्सी क्यापको सेयर मूल्य १ रुपैयाँ ०३ पैसाले घटेर ९ रुपैयाँ २७ पैसा पुगेको छ। त्यस्तै आज नकारात्मक सर्किट लागेको इस्र्टन हाइड्रोको सेयर मूल्य ८५ रुपैयाँ ८० पैसाले घटेर ७७२ रुपैयाँ २० पैसा पुगेको छ ।
आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा रिलाइन्स फाइनान्स रहेको छ । यो कम्पनीको सेयर मूल्य ५१ रुपैयाँले घटेर ५३९ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ८.६४ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्