काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चाल समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्