Skip to content
Prabhu

युनाइटेड अजोड इन्स्योरेन्सले दियो हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन

nabil

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज ४ गतेबोर्डमा हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको हो ।

कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal