Skip to content
Prabhu

नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै राष्ट्र बैंक

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएको थियो ।

अब देखि २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गरिने भएको हो । राष्ट्र बैंकले हाउसहोल्ड बजेट सर्वेक्षण गर्ने गरेकोमा यो वर्ष केन्द्रीय तथ्याकं कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण र आधार मूल्यको तथ्यांक राष्ट्र बैंकले संकलन गरेको हो ।

त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । केन्द्रीय बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्य भार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यता अनुसार आधार वर्ष परिवर्तन गरिएको हो ।

पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपर्ने कारण आधार वर्ष परिवर्तन भएको हो ।

यस्तै देश संघीयतामा गएपछि संघीय संरचना अनुसार तथ्यांक संकलन गर्न पनि आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा भएको परिमार्जनबारे राष्ट्र बैंकका उपनिर्देशक सुमन न्यौपानेले बताए ।

उनका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिएको छ ।

जसमा प्रत्येक साता ५९ वस्तु तथा सेवा मासिक ९४ वस्तु तथा सेवा र त्रैमासिक रूपमा ३ सय ७२ वस्तु तथा सेवाको मूल्य संकलन हुने भएको छ । पुरानो आधार वर्षअनुसार खाद्य तथा पेय पदार्थ समूहको भार ४३.९१ प्रतिशत रहेकोमा नयाँ आधार वर्षमा ४५.७९ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको भार ५६.०९ बाट ५४.२१ प्रतिशत भएको छ । सात प्रदेशको उपभोक्ता मूल्य सूचकांक पनि सार्वजनिक गर्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले बताए ।

त्यसैगरी राष्ट्र बैंक उपनिर्देशक वीरेन्द्रबहादुर बुढाले शोधनान्तर स्थितिको तथ्यांक संकल विधि परिमार्जन भएको बताए । ‘बीपीएम म्यानुअल ५’ अनुसार सार्वजनिक गर्दै आएकोमा बीपीएम म्यानुअल ६ अनुसार सार्वजनिक हुने उनको भनाइ छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको बीपीएम अनुसार शोधनान्तर स्थितिको तथ्यांक सार्वजनिक भएको बुढाको भनाइ छ । शोधनान्तर स्थिति तथ्यांक २००४ बाट बीपीएम ५ अनुसार तथ्यांक प्रकाशित हुँदै आएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal