काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको दिन १८ कम्पनीको सेयर मूल्य घटेको छ । १८ कम्पनीमध्ये आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा हिमालयन हाइड्रोपावर, स्वारोजगार लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१, एनआईसी एशिया डिबेन्चर २०८५/८६ र सिटिजन्स म्युचुअल फण्ड–१ रहेका छन् ।
आज हिमालयन हाइड्रोको सेयर मूल्य ३१ रुपैयाँ ३० पैसाले घटेर ४६१ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ६.३६ प्रतिशतले कम हो । त्यस्तै आज स्वरोजगार लघुवित्तको सेयर मूल्य ६५ रुपैयाँले घटेर ९८५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.१९ प्रतिशतले कम हो ।
ग्लोबल आईएमई ब्यालेन्स फण्डको सेयर मूल्य ५.११ प्रतिशत अर्थात् ०.५२ रुपैयाँले घटेर ९ रुपैयाँ ६६ पैसा कायम भएको छ । त्यस्तै आज एनआईसी एशिया डिबेन्चर २०८५/८६ को सेयर मूल्य ४८ रुपैयाँले घटेर १ हजार ५० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.३६ प्रतिशतले कम हो । सिटिजन्स म्युच्युअल फण्ड–१ को सेयर मूल्य पनि ३.३२ प्रतिशत अर्थात् ०.३५ रुपैयाँले घटेर १० रुपैयाँ २० पैसा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्