Skip to content
Prabhu

बुधबार सेयर बजारमा सकारात्मक सर्किट लागेका ५ कम्पनी

nabil

काठमाडौं । बुधबार सेयर बजारमा ४९ अंकले वृद्धि भयो । परिसूचक उच्च अंकले बढेको दिन ५ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लगेर बन्द भएको छ ।

आजको कारोबार बन्द हुँदा सेयर बजारमा विन नेपाल लघुवित्त, न्यादि हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी पाँचवटै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढेको हो ।

आज विन नेपाल लघुवित्तको सेयर मूल्य २४० रुपैयाँले बढेर २ हजार ६४० रुपैयाँ पुगेको छ । त्यस्तै न्यादि हाइड्रोको सेयर मुल्य २९ रुपैयाँ ४० पैसाले बढेर ३२३ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आज युनिक नेपाल लघुवित्तको सेयर मूल्य पनि २४२ रुपैयाँ ६० पैसाले बढेर २ हजार ६६८ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यस्तै आज सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य पनि ४८ रुपैयाँ १० पैसाले बढेर ५२९ रुपैयाँ पुगेको छ । थ्री स्टार हाइड्रोको सेयर मूल्य पनि ७७ रुपैयाँले बढेर ८४७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal