काठमाडौं । युनिलिभर नेपालले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको असोज ९ गते (आज) बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । यसअघि कम्पनीले आव २०७९/८० मा १५८० प्रतिशत लाभांश दिएको थियो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज गर्ने भएको हुँदा असोज २७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्