Skip to content
Prabhu

तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्रे गरिँदै

nabil

तनहुँ । यहाँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ–काहुँ सडकखण्डमा कालोपत्रे सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको रु. १५ करोड लागतमा करिब छ किलोमिटर सडक कालोपत्र थालिएको हो । पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

उनका अनुसार सदरमुकाम दमौलीबाट ऋषिङ पुग्ने छोटो दुरीको यस सडकलाई प्राथामिकतामा राखेर काम गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । ‘जिल्लाको ऋषिङ मात्रै नभइ छिमेकी जिल्ला नवलपुरको बुलिङटार डेढगाउँ जोड्ने छोटो दूरीको सडक समेत रहेको छ,’ उनले भने, ‘जसले गर्दा सवारी आवतजावतमा छिटो पुग्न सकिन्छ ।’

सडक विस्तार, ‘रिटेनिङ वाल’ निर्माणसहितको कालोपत्र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभासदस्य शङ्कर भण्डारी र गण्डकी प्रदेशका पूर्वमन्त्री अर्थमन्त्री जीतप्रकाश आलेको पहलमा बजेट विनियोजन भएको सो गाउँपालिकाले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal