काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंसीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो । टाउकोमा चोट लागेका पाँच जना घाइतेलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानाएको छ । कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्