Skip to content

एमालेद्वारा मीनबहादुर गुरुङले दान गरेको जग्गाका विषयमा अनर्गल प्रचार नगर्न आग्रह

nabil bank

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले आफ्नै इच्छाले पार्टी कार्यालय बनाउनको लागि जग्गा दान दिएको प्रष्टीकरण दिएको छ। नेकपा एमालेले पार्टी कार्यालय भवनका विषयमा पार्टी र नेतृत्वको विपक्षमा लाञ्छना लगाइएको भन्दै भर्त्सना गरेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै ७५ वर्षे इतिहास बोकेको पार्टीप्रति लान्छना लगाउने काम भएको बताएका छन् । “जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन् । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पार्टी कार्यालय बनाउन कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले १० रोपनी १४ आना जग्गा दान गरेको विषयले अहिले चर्चामा छ ।

पार्टीका समर्थक गुरुङले भवन निर्माणका लागि जग्गा दान गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यसैक्रममा नेपाली माटोमा हुर्किएका एकजना सफल व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व हाम्रो पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका– २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गुरुङ विद्यार्थी कालदेखि नै अनेरास्ववियु र स्ववियुमा सक्रिय रहेको पनि एमालेले जनाएको छ । ‘स्मरणरहोस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई टे«ड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ,’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जग्गा स्वीकारमा कुनै लेनादेन नभएको पनि जनाइएको छ । ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदावाजी र लेनादेना छैन,’ भनिएको छ, ‘उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैंले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime