काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा बजारमा लागू हुन लागेको एनएफआरएस १७ ले बीमा बजारलाई नयाँ स्वरुप दिनेमा आफू विश्स्त रहेको बताएका छन् । विडाप्ट र सिफट फिक्स ग्लोबलले काठमाडौंमा आयोजना गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस सोमीनारमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन ।
अध्यक्ष सिलवालले एनएफआरएस १७ ले नेपाली बीमा बजारलाई गहन रुपमा मापन गर्न सहज र पारदर्शी बनाउन कम्पनीहरुले उचित भेन्डर छनोटको बिषयमा पनि चनाखो हुन कम्पनीहरुलाई निर्देशन दिएका थिए । बीमा बजारको हाल भईरहेको अभ्यासमा फरकपन हुने विश्वास उनको छ । आईएफआरएस सेभेन्टिनले प्रावधानहरुले आर्थिक सूचांकको वास्तविक तथ्य र वित्तीय प्रतिवेदनलाई विश्वनीयता बनाउन भूमिका खेल्ने हुँदा यस्को महत्वको बिषयमा उनले कार्यक्रममा जानकारी दिए ।
बीमा कम्पनीहरुको वित्तिय जटिलतालाई बुझन एनएफआरएस १७ ले थप मद्धत गर्ने उनको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस्