Skip to content
Prabhu

गत साता करिब २ प्रतिशतले बढेको सेयर बजार, तिहार बिदा पछि कस्तो रहला ?

nabil

काठमाडौं । तिहार बिदा पछि आजदेखि सेयर बजार खुल्दैछ । तिहार अघिको सातामा करिब २ प्रतिशतले बढेको सेयर बजार आज कस्तो रहला भन्ने आम चासो रहेको छ ।

तिहार अघिको साता १.९ प्रतिशतले बढेको थियो । तिहार तथा छटका कारण यो साता सेयर बजार जम्मा दुई दिन मात्रै खुल्ला रहने छ । आइतबारसम्म तिहार बिदा रहेको थियो भने बिहीबार छटको बिदा परेको छ । जसका कारण सेयर बजार आज र भोली मात्रै खुल्ने छ ।

गत साता सेयर बजार ५० अंकले बढेको थियो । अघिल्लो साता २६२७ अंकमा बन्द भएको बजार गत साता २६७७ अंकमा पुगेको थियो । गत साता बैंकिङ बाहेक सबै सेक्टर बढेका छन् । बैंकिङ सेक्टर जम्मा १ अंक मात्रै घट्यो । गत साता होटल एण्ड टुरिजम सेक्टर भने सबैभन्दा धेरै ७.३ प्रतिशत बढ्यो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal