काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नाफामा ६६.९९ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु वर्षको पहिलो तीन महिनामा १९ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ६६.९९ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ११ करोड ९४ लाख ३ हजार रुपैयाँ नाफा गरेको थियो ।
यो अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ९.४० प्रतिशतले बढेर १० अर्ब ९९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष १० अर्ब ५ करोड २४ लाख रुपैयाँ थियो । कम्पनीले चालु आवमा १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १९ प्रतिशतले बढेको हो ।
तीन महिनाको अवधिमा कम्पनीको दाबी भुक्तानी १२.६५ प्रतिशतले बढेको छ भने लगानी तथा कर्जा ४६ प्रतिशतले बढेको छ । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १९ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्