Skip to content
Prabhu

करिब २० प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफको नाफा

nabil

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नाफा १९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार १९.९३ प्रतिशतले नाफामा सुधार भएको हो ।

चालु आवको तीन महिनामा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.९३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी ३.२७ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ रहेको थियो । यता, कम्पनीको कुल दाबी भुक्तानी १३.५७ प्रतिशतले घटेर ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार समेत ८.६३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार सोही अवधिमा १४ अर्ब ७९ करोड रुपैयाँ रहेको जीवन बीमा कोषमा समीक्षा अवधिमा अइपुग्दा १६ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १०.७४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.४१ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal