Skip to content
Prabhu

साढे ११ करोड पुग्यो शिखर इन्स्योरेन्सको खुद नाफा

nabil

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको परिष्कृत वित्तीय विवरण अनुसार २.५१ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी १.८८ प्रतिशत घटेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको छ भने कुल खर्च ३.१७ प्रतिशत घटेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४३ पैसा बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.८२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा रहेको छ ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal