Skip to content
Prabhu

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. शर्मा

nabil

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. सरोज शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा. शर्मालाई थप जिम्मेवारी प्रदान गरेका छन् । मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । यसअघि बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal