Skip to content
Prabhu

पर्यटन क्षेत्रबाट बढी कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

nabil

काठमाडौं । आर्थिक वर्ष २०७९/०८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ।

काठमाडौँको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो सो होटललाई आन्तरिक राजस्व विभागले उतकृष्ट करदाताको रूपमा सम्मान गरेको हो। होटल यसअघि पनि पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ।

नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यस होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा ‘हाइ इन्ड’ पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्याइरहेको र करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन्।

१० वर्षे द्वन्द्व सुरु हुनुभन्दा अघि परिकल्पना गरी निर्माण सुरु भएको होटल सन् २००० बाट सञ्चालनमा आएको थियो। अप्ठ्यारो राजनीतिक र आर्थिक परिस्थितिबीच होटलको सञ्चालन केही वर्ष घाटामै रहेको र मुलुकमा शान्ति स्थापना भएपछि छोटो समयमा नाफामा जान सक्षम भएको हो ।

होटल यसअघि आर्थिक वर्ष २०७१/७२, २०७३/७४, २०७४र७५ , २०७५/७६ र २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सम्मानित भइसकेको छ। सो होटललाई नेपाल सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेबापत वि।सं २०७६ मा सम्मान गरेको थियो।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal