काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंंकले एक सूचना प्रकाशित गर्दै केही संख्यामा चार्टड एकाउन्टेन्ट (सीए) मा पदमा कर्मचारीहरु माग गरेको हो ।
बैंकले ४० वर्ष ननाघेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । उम्मेदवारहरुले मान्यताप्राप्त शैक्षिक संस्थाबाट सीए उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि तथा कार्य क्षमता भएका उम्मेद्वारलाई बढी प्राथमिकता दिने बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारहरुले बैंकको वेबसाइट https://www.jbbl.com.np/careers/chartered-accountants-few/apply/chartered-accountants-few मार्फत डिसेम्बर ३ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्