Skip to content
Prabhu

बीमा कम्पनीमा बाढीपहिरोको क्षति : साढे १२ अर्बको दाबी, ७८ करोड मात्रै भुक्तानी, भुक्तानी गर्नेमा शिखर अग्रस्थानमा

काठमाडौं । असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण भएको क्षतिको बीमा कम्पनीमा करिब साढे १२ अर्बको दाबी परेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको मंसिर १२ गतेसम्मको तथ्यांकअनुसार बीमा कम्पनीहरुमा १२ अर्ब २६ करोड ४ लाख ६२ हजार ६६ रुपैयाँ ९४ पैसाको दाबी परेको हो ।

उक्त बाढीपहिरोबाट भएको क्षतिका ३ हजार ५२९ वटा दाबीमार्फत उक्त रकम दाबी परेको हो । यो १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमार्फत परेको दाबी हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त बाढीपहिरोबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५०५ वटा दाबी परेका छन् । उक्त दाबीको कम्पनीले २ अर्ब ५९ करोड ८ लाख ८९ हजार ४५६ रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने भएको छ । यो कम्पनीले हालसम्म १६९ दाबीको १३ करोड ६७ लाख ६१ हजार ४१६ रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै दि ओरियन्टल इन्स्योरेन्समा १७७ वटा दाबी परेका छन् । जसको कम्पनीले १ अर्ब ५३ करोड २९ लाख ७१ हजार ८५४ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । यो कम्पनीले हालसम्म २ करोड १ लाख २८ हजार ८३ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ३६ करोड ६८ लाख ८० हजार ६७८ रुपैयाँ बराबरका ४१६ वटा दाबी परेका छन् । हालसम्म यो कम्पनीले ९२ वटा दाबीको ७ करोड ३२ लाख ८२ हजार २८५ रुपैयाँ आफ्ना बिमितलाई दाबी भुक्तानी दिएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा हालसम्म ४१६ वटा दाबी परेका छन् । यी दाबीको कम्पनीले १ अर्ब १० करोड २० लाख ८१ हजार ९७३ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । यो कम्पनीहरूले हालसम्म ३९५ वटा दाबीको भुक्तानी गरिसकेको छ। जसबाट कम्पनीले आफ्ना बिमितलाई २७ करोड ६ लाख २० हजार २८४ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो दाबी भुक्तानी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो ।

हालसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्समा २४६ दाबीबाट १ अर्ब २ करोड ६० लाख १० हजार ८६१ रुपैयाँको दाबी परेको छ । हालसम्म कम्पनीले ९२ वटा दाबीको भुक्तानी गरिसकेको छ । यो कम्प्नीले हालसम्म ८ करोड ५३ लाख २७ हजार ४४७ रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै यो अवधिमा सानिमा जिआईसी इन्स्योरेन्समा २२४ दाबीबाट ८६ करोड ५० लाख ६८ हजार ५२ रुपैयाँ दाबी परेको छ । यो कम्पनीले हालसम्म २८ दाबीको ३ करोड ३७ लाख ११ हजार ७८९ रुपैयाँ भुक्तानी गरेको छ ।

असोजको महिनामा आएको बाढीबाट भएको क्षतिको दाबी गर्दै नेको इन्स्योरेन्समा ७६ करोड ३९ लाख ७ हजार ९५६ रुपैयाँको दाबी परेको छ । यो कम्पनीमा २१९ वटा दाबी परेका छन् । योमध्ये कम्पनीले १०१ वटा दाबीको ६ करोड ९० लाख ५५ हजार ७१७ रुपैयाँ भुक्तानी दिएको छ । त्यस्तै उक्त बाढीपहिरोबाट भएको क्षतिको युनाइटेड अजोड इन्स्योरेन्समा ३२८ दाबीमार्फत ७२ करोड ४२ लाख ४२ हजार ८८५ रुपैयाँ दाबी परेको छ । जसमध्ये कम्पनीले ३९ दाबीको ५८ लाख ४ हजार ५३ रुपैयाँ भुक्तानी दिएको छ ।

यो अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीमा १०५ वटा क्षतिको दाबी परेको छ । कम्पनीले उक्त दाबीको ५० करोड २४ लाख २१ हजार ७११ रुपैयाँ बराबरको दाबी भुक्तानी गर्नुपर्ने भएको छ । हालसम्म यो कम्पनीले ५ वटा दाबीको २२ लाख ६८ हजार ७७४ रुपैयाँ भुक्तानी दिएको छ । त्यस्तै एनएलजी इन्स्योरेन्समा बाढीपहिरोबाट भएको क्षतिका १९२ वटा दाबी परेको छ । उक्त दाबीको कम्पनीले ४९ करोड ३४ लाख ९५ हजार ५६९ रुपैयाँ भुक्तानी दिनुपर्ने देखिएको छ । यो कम्पनीले हालसम्म २५ दाबीको १ करोड २६ लाख २० हजार १३२ रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ४७ करोड २० लाख १६ हजार ७२४ रुपैयाँ दाबी परेको छ । यो कम्पनीमा बाढीपहिरोबाट भएको क्षतिको २९६ वटा दाबी परेका छन् । जसमध्ये कम्पनीले ९७ वटा दाबीको भुक्तानी गरेको छ । यो कम्पनीले हालसम्म ६ करोड २ लाख ९८ हजार ७०५ रुपैयाँ दाबी भुक्तानी दिएको छ । यो अवधिमा नेपाल इन्स्योरेन्समा १८३ वटा दाबीबाट ३९ करोड ९४ लाख ७३ हजार ४४६ रुपैयाँको दाबी परेको छ । त्यसमध्ये कम्पनीले ३१ वटा दाबीको १ करोड १८ लाख ५१ हजार ३५५ रुपैयाँको दाबी भुक्तानी दिएको छ ।

त्यस्तै दशैँताका आएको बाढी पहिरोबाट भएको क्षतिको प्रभु इन्स्योरेन्समा १३७ दाबीबाट २० कारोड ७९ लाख २५ हजार ९०० रुपैयाँ दाबी परेको छ । जसमध्ये कम्पनीले हालसम्म २९ दाबीको ६९ लाख ३० हजार ६४० रुपैयाँ भुक्तानी दिएको छ ।

त्यस्तै यो अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७ वटा दाबी परेका छन् । यी दाबीको कम्पनीले २० करोड ६७ लाख रुपैयाँ भुक्तानी दिनु पर्ने छ । तर, सरकारी काममा ढिलाइ हुन्छ भन्ने भाष्यलाई सार्थकता दिँदै यो कम्पनीले हालसम्म कुनै पनि दाबीको भुक्तानी दिन सकेको छैन ।

त्यस्तै निर्जीव लघुबीमा कम्पनीहरुमध्ये एउटा कम्पनीले अहिलेसम्म कुनै पनि भुक्तानी दिन सकेको छैन भने ३ वटाले दाबी भुक्तानी गरेका छन् । हालसम्म लघु निर्जीवन बीमातर्फ स्टार माइक्रो इन्स्योरेन्समा १० वटा दाबी परेका छन् । यो कम्पनीले आफ्ना बिमितलाई ३६ लाख ६५ हजार भुक्तानी दिनुपर्ने देखिन्छ । कम्पनीले एकवटा दाबीको २६ हजार ७९० रुपैयाँ दाबी भुक्तानी दिएको छ । त्यस्तै ट्रष्ट माइक्रोमा ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिएको छ । तर कम्पनीले हालसम्म कुनै पनि दाबीको भुक्तानी दिएको छैन ।

त्यस्तै नेपल माइक्रो इन्स्योरेन्समा ४ दाबीको ६ लाख ५० हजार रुपैयाँ दाबी परेको छ । जसमध्ये कम्पनीले ५ लाख १ हजार ८८८ रुपैयाँ दाबी भुक्तानी दिएको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रोमा ९ वटा दाबी परेका छन् । जसको कम्नपनीले ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । जसमध्ये कम्पनीले ४ दाबीको १ लाख १८ हजार ९४१ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal