काठमाडौं । मंगलबारको बजार खुल्न वित्तिकै ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्यमा २८ रुपैयाँ ९० पैसाले बढेर ३१७ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएमा वा गिरावट भएमा उक्त कम्पनीको सेयर मूल्यमा सर्किट लागेर बन्द हुने गर्छ ।
यो अवस्थामा समग्र बजार परिसूचक पनि २४ दशमलव ६५ अंकले बढेर २७८२ दशमलव ६९ विन्दुम पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्