Skip to content
Prabhu

वाइडबडी जहाज खरिद  गर्दा  घुस लेनदेनमा दीपक शर्मा अमेरिकामा दोषी ठहर

काठमाडौं। नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा अमेरिकामा दोषी ठहर भएका छन्। बेलायती व्यवसायी शर्मा नेपाल वायुसेवा निगमको ठूलो आकार (वाइडबडी) जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको भन्दै दोषी ठहर भएका हुन्।

अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दुई थान वाइडबडी जहाज बिक्री गर्दा निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो। एएआर जहाज खरिद–बिक्री, भाडामा दिने अमेरिकी कम्पनी हो।

अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) को घुसविरुद्ध प्रावधान उल्लंघन गरेको ठहर गर्दै शर्मालाई एफसीपीएले दोषी ठहर गरेको हो। यसबारे एफसीपीएले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

वायुसेवा निगमको दुई थान ‘ए३३०–२००’ सिरिजका वाइड बडी जहाज खरिद–बिक्री प्रक्रियामा शर्मा ‘एजेन्ट’ का रूपमा देखिएका थिए। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज खरिद गरे पनि लिजिङ कम्पनी एएआरमार्फत खरिद गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal