Skip to content
Prabhu

मुक्तिनाथ म्युचुअल फन्ड–१ को इकाई खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ क्यापिटलद्वारा सञ्चालित पहिलो म्युचुअल फन्ड योजना ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । यो योजनाको इकाई गत मंसिर २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

मागभन्दा बढी आवेदन परेकोले आज बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द गरिने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई जारी गर्न लागेको हो । जसमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्धक र २० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ । यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गरिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यसमा आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा १ करोड इकाईको माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्