काठमाडौं । नेपाली बजारमा आज सनुको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलामा १० रुपैयाँले महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्