काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज १२ स्थानमा रहेका शाखा कार्यालयको शाखा प्रमुखमा कर्मचारी माग गरेको हो ।
कम्पनीले जारी गरेको सूचनाअनुसार सो पदमा आवेदन दिनका लागि उम्मेदवारले न्यूनतम स्नातक वा सो सरह योग्यता हासिल गरेको हुनुपर्ने छ । साथै, अनुभवीलाई बढी प्राथमिकता प्रदान गरिने समेत सूचनामा उल्लेख गरेको छ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले पुस २२ गतेसम्म आवश्यक कागजातसहित कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्