एजेन्सी । मेटाले फेसबुक र इन्स्टाग्राममा स्वतन्त्र तथ्य जाँच गर्नेहरूलाई हटाउने निर्णय गरेको छ । यसको सट्टामा ‘एक्स’ जस्तो कम्युनिटी नोट्सको विकल्प सुरु गरिनेछ । जहाँ कुनै पोस्टको सत्यता बारेमा टिप्पणी गर्नु प्रयोगकर्ताको इच्छा हुने छ ।
मेटा कम्पनीले मंगलबार एक ब्लग पोस्ट गर्दै सीईओ मार्क जुकरबर्गको भिडियो सार्वजनिक गरेको छ । मार्क जुकरबर्गले भनेका छन् कि तेस्रो पार्टीका मोडरेटरहरू पनि राजनीतिक पक्षपाती हुने गरेका छन् ।
कम्पनीले स्वतन्त्र मोडरेटरहरूमा वास्तविक नियतसाथ विश्वास गरेको थियो, तर यसले प्रायः प्रयोगकर्ताहरूमा सेन्सरशिप लगाइदिएको थियो । यद्यपि घृणास्पद भाषाको विरोध गर्ने अभियान चलाउनेहरू यस निर्णयसँग असहमत देखिएका छन् । उनीहरूको यो परिवर्तन वास्तवमा डोनाल्ड ट्रम्पलाई खुशी पार्ने उद्देश्यले गरिएको हो भन्ने ठान्छन् ।
प्रतिक्रिया दिनुहोस्