काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्