Skip to content
Prabhu

सेयर बजार दोहोरो अंकले घट्दा पनि जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । सेयर कारोबार हुने साताको तेस्रो दिनको कारोबार घटेर बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज यो कम्पनीको सेयर मूल्य ४१ रुपैयाँले बढेर ४५१ रुपैयाँ ८० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । यो बाहेक आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा सामुदायिक लघुवित्त, मध्यभोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आजको कारोबार बन्द हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य २३० रुपैयाँले बढेर ३ हजार पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.३० प्रतिशतले धेरै हो । त्यस्तै आज मध्यभोटेकोशीको सेयर मूल्य पनि ८.२५ प्रतिशत अर्थात् ३० रुपैयाँ ५० पैसाले बढेर ४०० रुपैयाँ पुगेको छ ।
मंगलबारको कारोबार बन्द हुँदा न्यादी हाइड्रोको सेयर मूल्य ६२ रुपैयाँ ६० पैसाले बढेर ८२७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.१९ प्रतिशतले धेरै हो । आज उपकार लघुवित्तको सेयर मूल्य पनि ८.१२ प्रतिशत अर्थात् ४५० रुपैयाँ ५० पैसाले बढेर ६ हजार रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्