काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पूर्व अर्थमन्त्री पौडेलले साना आयोजना राखेर बजेटमा तमासा गरिएको बताएका छन् ।
अहिले कार्यान्वयनमा रहेको बजेट एमालेको समर्थनमा माओवादीका नेता वर्षमान पुनले ल्याएका हुन् ।
अर्थमन्त्री पौडेलले वर्षमान पुनले ल्याएको बजेटलाई सच्याउन पूरक बजेट ल्याउने अधिकार कानुनले दिए पनि आफूले त्यो नगरेको बताए ।
उनले मन्त्रिपरिषद्ले ३ करोडभन्दा साना आयोजना केन्द्र सरकारको बजेटमा नराख्ने भनिए पनि ७५ हजारको आयोजना समेत केन्द्रीय बजेटमा पूर्वअर्थमन्त्रीले राखेको भन्दै बजेटलाई तमासा देखाइएको बताए । उनले स्रोत सुनिश्चित गर्नुपर्ने स्वास्थ्य बीमा लगायत कार्यक्रममा यसलाई नराखेको बताए ।
प्रतिक्रिया दिनुहोस्