काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री बिष्णु पौडेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिन खोजेको नयाँ स्टक एक्सचेन्जको प्रक्रिया पुरा गर्न लागेको बताए ।
नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया प्रचण्ड सरकारको पालामा शुरु भएको र प्रक्रिया शुरु भएपछि उहाँले नै रोकेको हुँदा त्यही प्रक्रिया अगाडि बढाएको अर्थमन्त्री पौडेलको भनाई छ ।
नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया प्रचण्ड प्रधानमन्त्री भएको बेला शुरु भएको थियो । तर,प्रचण्डले मन्त्रिपरिषदको निर्णयको आधारमा प्रक्रिया रोकेका थिए ।
प्रचण्डले कुनै व्यवसायी फाइदा पुर्याउन स्टकको लाइसेन्स दिन लागिएको बताएका थिए । त्यसको जवाफ दिदैं अर्थमन्त्री पौडेलले प्रक्रिया पुरा हुने र सो अनुसार लाइसेन्स प्रक्रिया अगाडि बढ्ने बताए ।
धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेन्ज,नेशनल र अन्नपूर्ण एक्सचेन्जले आवेदन दिएका थिए । नयाँ स्टकको लागि व्यवसायिक घरानाबीच ठूलो विवाद छ । यो विवाद राजनीतिक दलमा समेत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्