Skip to content
Prabhu

चेक बाउन्स भएमा ४ वर्ष जेल बस्नुपर्ने

काठमाडौं । चेक बाउन्स भएमा ४ वर्षसम्मको जेल सजाय हुने कानून प्रतिनिधिसभाले पारित गरेको छ ।

प्रतिनिधिसभाको बैठकले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।

जस अनुसार १० करोडभन्दा बढीको बिगो भएमा २ देखि ४ वर्षसम्म कैद,१ करोड भन्दा बढी देखि १० करोडसम्मको बिगोमा १ देखि २ वर्ष कैद,५० लाखभन्दा बढीदेखिदेखि १ करोडसम्मको बिगोमा ३ महिनादेखि १ वर्ष कैद सजाय हुने व्यवस्था गरिएको छ । यस्तै १५ लाखभन्दा बढी देखि ५० लाखसम्म १ महिनादेखि ३ महिना सजाय र १५ लाखसम्मको बिगोमा १ महिनासम्म सजाय हुने व्यवस्था छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन)विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव राखे ।

त्यसअघि,बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा प्रेम सुवाल, अशोककुमार चौधरी, किरणकुमार साह, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्र पौडेल, शिव नेपाली, सुमना श्रेष्ठ र अच्युत मैनालीले भाग लिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई पारदर्शी एवं सरलीकृत बनाउन संशोधन विधेयक ल्याउनुपरेको बताए ।

प्रतिनिधिसभाको बहुमतले विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal