काठमाडौं । आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देश फेरिएका छन् । सरकारले १७ सहसचिवको सरुवा गरेसँगै दुई विभागका महानिर्देशक परिवर्तन भएका हुन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १७ सहसचिवको सरुवा गरेको थियो । सहसचिवको सरुवा गर्दा सरकारले अर्थ मन्त्रालयअन्तर्गतका दुई ठूला विभागका महानिर्देशक पनि हेरफेर गरेको छ ।
सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । रिक्त दुई वटै विभागमा अब अर्थ मन्त्रालयले अरु कुनै सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिनेछ ।
प्रतिक्रिया दिनुहोस्