Skip to content
Prabhu

नेपालकै पहिलो १०० इन्चको मेगास्क्रिन टि.भि अब नेपाली बजारमा

काठमाडौं । नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले १०० इन्चको मेगास्क्रिन टि.भि नेपाली बजारमा भित्र्याएको छ । पार के क्वालिटी टेक्नोलोजि प्रयोग गरिएको सो टि.भिको पिक ब्राइटनेस ८०० निट्सको छ ।

९० प्रतिशत डिसीआई पि३ कलर ग्यामेट सहितको टि.भिमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ हर्ज रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ । कम्पनीका अनुसार सि.जी ब्राण्डको टि.भि नेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टि.भि नेपालकै सबैभन्दा ठुलो र पहिलो १०० इन्चको मेगास्क्रिन टि.भि हो ।

कम्पनीका अनुसार टि.भिको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ Quad Core A ७३ प्रोसेसर जडान गरिएको छ त्यसका साथै ३ जिबी डिडिआर ४ र्‍याम + ३२ जिबि स्टोरेज पनि छ । कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५० प्रतिशतसम्म रिफ्लेक्सन रोकिन्छ जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ । यसमा ६० वाटको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ । जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ । साथै ह्याण्ड फ्रि भ्वाइस कन्टोल भएको सो टि.भीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ । जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्नेछ ।

नेपालको इलेक्ट्रोनिक्स बजारमा गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिष्ठाका साथ, सीजी इलेक्ट्रोनिक्सले विगत ४० वर्षदेखि नेपाली जनताको जीवनलाई छुँदै र सुधार गर्दै आएको छ । फुट मेटल डिजाइनले बनेको सो टि.भी तपाईले घरै बसि–बसि cgdigital.com.np बाट खरिद गर्नसक्नुहुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal