Skip to content
Prabhu

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री पौडेल घाइते

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर अर्थमन्त्री पौडेलको गाला घाउ लागेको स्रोतले जनाएको छ । त्यस्तै पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि उक्त घटनामा घाइते भएका छन् । उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।

पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ । सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal