Skip to content
Prabhu

७ महिनामा एनआईसी एशियाको निक्षेप ५८ अर्बले घट्दा कर्जा ३२ अर्बले घट्यो

 

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनमा एनआईसी एशिया बैंकको निक्षेप ५८ अर्बले घटेको छ ।

राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म एनआईसी एशिया बैंकमा ३ खर्ब ६० अर्ब निक्षेप रहेको थियो । माघ मसान्तमा आइपुग्दा बैंकको निक्षेप ३ खर्ब २ अर्बमा झरेको छ ।

यस्तै बैंकमा निक्षेपसँगै कर्जा समेत घटेको छ । असार मसान्तमा २ खर्ब ८५ अर्ब कर्जा प्रवाह गरेकोमा एनआईसी एशिया बैंकले अहिले २ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेको छ । तथ्यांक अनुसार बैंकमा ३२ अर्बले कर्जा घटेको हो ।

७ महिनाको तथ्यांक हेर्दा वाणिज्य बैंकमा २ खर्ब ४२ अर्बले निक्षेप बढ्दा २ खर्ब ५६ अर्बले कर्जा प्रवाह बढेको छ । गतवर्षको भन्दा बैैंकहरुको कर्जा प्रवाह यो वर्ष बढेको देखिएको छ ।

७ महिनामा सबैभन्दा निक्षेप बढाउन भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सफल भएको छ । इन्भेष्टमेन्ट मेगा बैंकले ४० अर्बले निक्षेप बढाएको छ । कर्जा भने ग्लोबल आईएमई बैंक अगाडि देखिएको छ । ग्लोबलले ४० अर्बले कर्जा बढाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal