Skip to content
Prabhu

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा ८ औँ दिन पनि सकारात्मक सर्किट

काठमाडौं । गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । आज सहित यो कम्पनीको सेयर मूल्य लगातार रुपमा ८ औँ दिन सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनी सेयर मूल्य अघिल्लो दिनको भन्दा ५८ रुपैयाँ ६० पैसाले बढेर ६४४ रुपैयाँ ९० पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । गत साताको आइतबार देखि कारोबार सुरु गरेको यो कम्पनीको सेयर मूल्य त्यस पछि भने लगातार रुपमा बढी रहेको छ ।

यो अवस्थामा सेयर बजार परिसूचक पनि १९ दशमलव ७४ अंकले बढेर २७४७ दशमलव ६५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब २१ करोड माथिको कारोबार भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal