Skip to content
Prabhu

सेयर बजार लगातार तेस्रो दिन पनि बढ्यो, परिसूचक ११ अंकले बढ्दा कारोबार रकम १० अर्ब ४३ करोड

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ११ दशमलव ९१ अंकले बढेर बन्द भएको हो ।

सेयर बजार लगातार तेस्रो दिन पनि बढेर बन्द भएको हो । बजार अघिल्ला दुई दिन पनि उच्च अंकले बढेको थियो । आजको कारोबार बन्द हुँदा परिसूचक २७३९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर हरेको छ ।

त्यस्तै मंगलबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०३ अंकले बढेर ४५९ दशमलव ८८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ उपसूचको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । आज परिसूचकसँगै कारोबार रकमा पनि सुधार भएको छ ।

अघिल्लो दिन १० अर्ब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर ९९ हजार ५८५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal