काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनीमध्ये ८७ कम्पनीको सेयर मूल्य बढेको दिन दुई लघुवित्त सहित ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबारको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य ३२७ रुपैयाँ ३० पैसाले बढेर ३ हजार ६०० रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।
आज गुराँस लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् २८८ रुपैयाँ १० पैसाले बढेर ३ हजार १६९ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै इमर्जिङ नेपालको सेयर मूल्य पनि १२२ रुपैयाँ ९० पैसाले बढेर १ हजार ३५१ रुपैयाँ ९० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले नै बढी हो । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ५८ रुपैयाँ ६० पैसाले बढेर ६४४ रुपैयाँ ९० पैसा पुगेको छ ।
आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा आइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि ८० रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.३४ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्