Skip to content
Prabhu

सेयर बजार बढेको दिन सप्तकोशी डेभलपमेन्ट बैंक र केडिबिएल डिबेन्चरमा नकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार बन्द हुँदा समग्रमा नेप्से परिसूचक बढेर बन्द भएको छ । कारोबारमा समेत सुधार भएको दिन अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको दिन २ कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक र केडिबिएल डिबेन्चर २०८६ मा नकारात्मक सर्किट लागेको हो । यी स्टकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज सप्तकोशीको सेयर मूल्य १२६ रुपैयाँ ८० पैसाले घटेर १ हजार १४१ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै केडिबिएल डिबेन्चरको सेयर मूल्य १२० रुपैयाँ ४० पैसाले घटेर १ हजार ८३ रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनहरुमा भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल बालाजु रहेका छन् । आज भूगोल इनर्जिको सेयर मूल्य ८५ रुपैयाँले घटेर ८६५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.९५ प्रतिशतले कम हो ।

त्यस्तै मंगलबार एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य ५० रुपैयाँ २० पैसाले घटेर ७८८ रुपैया पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९९ प्रतिशतले धेरै हो । आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्य पनि ५.८४ प्रतिशत अर्थात् १ हजार २२ रुपैयाँले घटेर १६ हजार ४६४ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal