Skip to content
Prabhu

चालु आवको ७ महिनामा सेयर बजारबाट पौने ११ अर्ब पुँजीगत लाभकर संकलन

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सरकारको ढुकुटीमा सेयर बजारबाट पौने ११ अर्ब रुपैयाँ पुँजीगत लाभकर जम्मा भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा सेयर बजारबाट १० अर्ब ८३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको हो ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा यस्तो पुँजीगत लाभकर बापत प्राप्त हुने आम्दानी ५ गुणाले बढेको छ । गत आवको सोही अवधिसम्म सेयर बजारबाट हुने पुँजीगत लाभकर बापत हुने आम्दानी २ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ मात्रै थियो । चालु आर्थिक वर्षको सुरुमा सेयर बजार निरन्तर बढ्दा यस्तो आम्दानी बढ्न पुगेको देखिन्छ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै यस्तो आम्दानी ४ अर्ब २३ करोड रहेको रहेको थियो । भदौ महिनामा भने यस्तो आम्दानी २ अर्ब ५७ करोडमा सीमित भएको थियो । त्यस्तै आसोजन महिनामा राज्यलाई सेयर सेयर खरिद बिक्री बापत हुने पुँजीगत लाभकरबाट ५८ करोड रुपैयाँ मात्रै आम्दानी भएको सीडिएसीको तथ्यांकले देखाएको छ ।

त्यस्तै कात्तिक महिनामा यस्तो आम्दानी ७५ करोड रुपैयाँ भन्दा बढी रहेको थियो । तथ्यांक अनुसार मंसिर महिनामा सेयर बजारबाट हुने पुँजीगत लाभकरबाट राज्यकोषमा १ अर्ब ४ करोड रुपैयाँ आम्दानी भएको थियो भने पुस महिनामा ५८ करोड र माघमा १ अर्ब ५ करोड पुँजीगत लाभकर संकलन भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal