Skip to content
Prabhu

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयसँगै रोकियो नेपालमा एमसीसीको भुक्तानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै नेपालमा चर्चित विवादित भएको मेलिनियम च्यालेन्स कर्पोरेशन(एमसीसी) परियोजना अन्तर्गत कार्यान्वयन भएको परियोजनाको भुक्तानी रोकिएको छ ।

अर्थमन्त्रालयले जनवरी २० मा अमेरिकी राष्ट्रपति ट्रम्पले ९० दिनको लागि सहयोग सम्बन्धी परियोजना रोक्ने निर्णय अनुसार एमसीसीबाट हुने भुक्तानी रोकिएको उल्लेख गरेको छ । एमसीसी अन्तर्गत नेपालले ५० करोड अमेरिकी डलर सहायता प्राप्त गरेको थियो । जसबाट प्रसारण लाइन र एक सय किलोमिटर सडक बनाइने उल्लेख थियो । प्रसारण लाइन र सडकको निर्माण कार्य अगाडि बढीसकेको छ । एमसीसीको सहायता नआएमा परियोजना कसरी सञ्चालन गर्ने भन्ने अन्यौल सरकारलाई रहेको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सहयोग नियोग(यूएसएआईडी) अन्तर्गत सञ्चालन हुने परियोजना समेत रोकेका छन् । नेपालमा एमसीसी सदनबाट पास गर्ने बेला निकै विवाद र चर्चा भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal