काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । १८२ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, स्वतगंगा हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र मनकामना इन्जिनेरिङ हाइड्रोपावर छन् ।
आज सामुदायिक लघुवित्तको सेयर मूल्य २१८ रुपैयाँले घटेर २ हजार १५२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.२० प्रतिशतले कम हो । त्यस्तै हिमालयन पार्टनरको सेयर मूल्य पनि ४.५२ प्रतिशत अर्थात् २८ रुपैयाँ ६० पैसाले घटेर ६०४ रुपैयाँ ४० पैसा पुगेको छ ।
आज स्वतगंगा हाइड्रोपावरको सेयर मूल्य २१ रुपैयाँ ५० पैसाले घटेर ४८६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.२३ प्रतिशतले कम हो । आज सन्ट्रल फाइनान्सको सेयर मूल्य ४.२० प्रतिशत अर्थात् २४ रुपैयाँ ३० पैसाले घटेर ५५४ रुपैयाँ पुगेको छ । मनकामना इन्जिनेरिङको सेयर मूल्य पनि २४ रुपैयाँले घटेर ५६१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१० प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्