काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले व्यावसायिक कार्य योजना प्रस्तुत तथा अन्तर्वार्ता सम्पन्न भएको छ । सर्टलिस्टमा परेका पाँच जनाले व्यावसायिक कार्य योजना प्रस्तुत गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
नेप्सेको सीईओ पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि गत फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदनका लागि सूचना आह्वान भएको थियो । जसमा १० जनाको आवेदन परेको थियो । अर्थ मन्त्रालयअन्तर्गत नेप्सेको सीईओ पदमा नियुक्तिका लागि गठित समितिको संक्षिप्त सूचीमा चूडामणि चापागाई, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम परेको हो।
व्यावसायिक कार्य योजना प्रस्तुतको आधारमा समितिले तीन जनाको मन्त्रिपरिषदमा पेस गर्ने छ । तीन मध्ये एकलाई मन्त्रिपरिषद्ले नेप्सेको सीईओ पमा नियुक्ति दिने छ ।
प्रतिक्रिया दिनुहोस्