Skip to content
Prabhu

पैचो पसलले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

nabil

काठमाडौं । पैचो पसलले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको पसलले एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पैचो पसलको रजिष्ट्रार कार्यालय सुख्खानगर, बुटवल, रुपन्देहीमा रहेको छ । पैचो पसल प्रालि कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ ।

पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्याएको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal