काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा विद्युतीय र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनका लागि ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्ममात्र कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० को पाँचौं संशोधन सँगै नयाँ व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थामा सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यबस्था गर्नुपर्ने उल्लेख छ ।
कर्जा प्रवाह गर्दा धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्